• 3:47 pm

धरौटी बुझाएर रिहा भए प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन युवा

प्रकाशित मिति

२०७९ चैत्र १४ गते, मंगलवार ०४:०९

१४ चैत्र २०७९, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गर्ने तीन युवा धरौटी बुझाएर रिहा भएका छन्। चैत ७ गते नयाँ बानेश्वरमा प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी गरेका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई चैत १२ गते जेल चलान गरिएको थियो।


पक्राउ परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौँले अभद्र व्यवहारको कसुरमा ५ हजार धरौटीमा रिहा हुन आइतबार आदेश दिएको थियो। प्रशासनले तोकेको ५ हजार धरौटी नतिर्ने अडान गरेपछि उनीहरूलाई जेल चलान गरिएको थियो।


धरौटी बुझाएसँगै उनीहरु मंगलबार रिहा भएका हुन्।

प्रतिकृया