• ४ साउन २०८३, सोमबार
  • ५:१५ बिहान

अनलाइनमार्फत जुवा तथा बाजीजन्य कार्यमा संलग्न नहुन राष्ट्र बैंकको अपिल

प्रकाशित मिति

२०७९ मंसिर २८ गते, बुधबार ०३:१३

२८ मंसिर २०७९, काठमाडौँ: नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी माध्यमबाट जुवा तथा बाजीजन्य गैरकानुन कार्य गर्नेहरुलाई कारबाही गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यस्ता सट्टेबाजी गर्ने वा यस्तो क्रियाकलापमा सहभागी हुने व्यक्ति, समूह, संस्थालाई कानुन मार्फत कारबाही गर्ने तथा बैंक निजको खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबार समेत रोक्का राख्ने जनाएको छ ।


यस बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले जुवा तथा बाजीजन्य गैर कानुनी कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ, मोबाइल वालेट लगायतका माध्यमबाट हुन नदिन व्यवस्था मिलाउनु पर्नेमा जोड दिएको हो ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया