• ५ साउन २०८३, मंगलबार
  • १२:१४ बिहान

नेप्से २.६२ अंकले घट्याे

प्रकाशित मिति

२०७९ मंसिर २८ गते, बुधबार ०३:३०

२८ मंसिर २०७९, काठमाडौं : नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.६२ अंकले घटेर १८९७.०८ विन्दुमा झरेकाे छ । नेप्से ०.१४ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक पनि १.१२ अंकले घटेर ३७०.१९ विन्दुमा झरेको छ ।


कूल २४६ वटा कम्पनीकाे २० लाख ८७ हजार ८ सय ७६ कित्ता सेयर खरिदबिक्री हुँदा ७२ करोड ७८ लाख ७७ हजार ८ सय ९७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहबाहेक सेयर बढेकाे छ । बाँकी ८ वटा उपसमूहकाे सेयर भने घटेकाे छ ।

Kamana Sewa

आज नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । टेलिकमकाे ५ कराेड ३९ लाख १३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । बुधबार २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

Classic Tech Desktop

सीवाईसी नेपाल लघुवित्त र इष्टर्न हाइड्राेपावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । आज पिपुल्स हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले घटेर २ सय ७० रूपैयाँमा झरेकाे छ ।

प्रतिकृया