• ५ साउन २०८३, मंगलबार
  • ११:३६ बिहान

आफूलाई लागेकाे जरिवाना मिनाहा गर्न भन्दै बालेनले दिए निर्वाचन आयोगमा निवेदन

प्रकाशित मिति

२०७९ मंसिर २८ गते, बुधबार ०३:३८

२८ मंसिर २०७९, काठमाडौँ: काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहले आफूमाथि गरिएकाे जरिवाना मिनाहा गरिदिन निर्वाचन आयाेगमा निवेदन दिएका छन् ।


स्थानीय तह निर्वाचनमा मेयरका उम्मेद्वार शाहले ताेकिएकाे ३० दिनभित्रमा खर्च विवरण नुबझाएपछि आयाेगले उनलाई साढे सात लाख रूपैयाँ जरिवाना ताेकेकाे थियाे ।

Kamana Sewa

जरिवाना ६ महिनाभित्र नबुझाएमा बालेनकाे मेयर पद जानेछ । मेयर शाहले बुधबार आफूमाथि लागेकाे जरिवाना मिनाहा गरिदिन भन्दै निर्वाचन आयोगमा निवेदन दिएका हुन्।

Classic Tech Desktop

स्वतन्त्र उम्मेदवार शाहले चामत्कारिक मत हासिल गर्दै गत स्थानीय निर्वाचनमा मेयर पदमा विजय हासिल गरेका थिए।

प्रतिकृया