• १४ असोज २०८३, बुधबार
  • ५ः०५ बिहान

वैदेशिक रोजगार विभागमा मन्त्री रामजी यादवको आकस्मिक अनुगमन

प्रकाशित मिति

२०८३ श्रावण ५ गते, मंगलवार १०:४७

५  साउन २०८३ काठमाडौं- युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन गर्दै सेवा प्रवाह, कर्मचारीको कार्यसम्पादन तथा पीडितका गुनासा सुनेका छन्। मंगलबार बिहान कार्यालय समय सुरु हुनेबित्तिकै विभाग पुगेका मन्त्री यादवलाई विभागकी महानिर्देशक मिरा आचार्यले विभागको वर्तमान कामकारबाही, सेवा प्रवाह र चुनौतीबारे जानकारी गराएकी थिइन्।

National Life

अनुगमनका क्रममा मन्त्री यादवले कर्मचारीसँग सेवा प्रवाहबारे जानकारी लिनुका साथै विभागमा पुगेका वैदेशिक रोजगार पीडितहरूको गुनासो पनि सुने।पीडितहरूले पक्राउ पुर्जी जारी भएका व्यक्तिहरू खुलेआम हिँडडुल गरिरहे पनि सम्बन्धित जिल्लाका प्रहरीले पक्राउ नगरेको भन्दै गुनासो गरेका थिए।

गुनासो सुनेपछि मन्त्री यादवले पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई तत्काल पक्राउ गरी उपस्थित गराउन सम्बन्धित जिल्ला प्रहरीसँग समन्वय गर्न विभागका कर्मचारीलाई निर्देशन दिएका छन्। मन्त्री यादवले वैदेशिक रोजगारसम्बन्धी पीडितले छिटो न्याय पाउने वातावरण बनाउन र विभागको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक कदम चाल्न पनि निर्देशन दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया