• ३ साउन २०८३, आइतबार
  • ३:४४ बेलुका

समानुपातिकमा निर्वाचित हुने सांसदकाे सूची आज सार्वजनिक हुने

प्रकाशित मिति

२०७९ मंसिर २६ गते, सोमबार १०:३३

२६ मंसिर २०७९, काठमाडौँ: निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने सांसदको सूची आज साेमबार सार्वजनिक गर्ने भएकाे छ । आयाेगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विभिन्न राजनीतिक दलहरूले बुझाएको सूची अनुसार निर्वाचित भएका सांसदकाे नाम आज आधिकारिक रुपमा सार्वजनिक गर्न लागेको हो।


आयाेगका अनुसार समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूलाई समावेशी समूहबमोजिम सच्याउने समय आज सोमबार साँझ ४ बजेसम्मको छ। त्यसपछि प्रक्रिया पूरा गरेर नाम सार्वजनिक गर्न लागिएको हो।

Kamana Sewa

नामावली सच्चिएर प्रतिनिधित्व भई आएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने उक्त प्रणालीतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिए।

Classic Tech Desktop

उनका अनुसार सोमबार सार्वजनिक गर्ने तयारी छ तर नभ्याइएमा मंगलबार घोषणा गरिनेछ।

प्रतिकृया