• 6:25 pm

सनराइज बैंकका सेयरधनीले लाभांश नपाउने

प्रकाशित मिति

२०७९ मंसिर २६ गते, सोमबार १०:३९

२६ मंसिर २०७९, काठमाडौं : सनराइज बैंकका सेयरधनीले यो वर्ष लाभांश नपाउने भएका छन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएसँगै सेयरधनीले लाभांश नपाउने भएका हुन् । मंसिर २५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।


बैंकले अघिल्लो वर्ष अर्थात २०७७/७८ को नाफाबाट भने सेयरधनीलाई ७ प्रतिशत लाभांश वितरण गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

प्रतिकृया