• १५:३५ २०८० चैत्र १५ गते
  • 3:35 pm

नेप्सेमा उछाल,परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ विन्दुमा

प्रकाशित मिति

२०७९ मंसिर ११ गते, आईतवार ०४:२७

nepse 3 e1664361367213

११ मंसिर, २०७९, काठमाडौं : नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ विन्दुमा पुगेकाे छ । नेप्से १.६८ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ५.३४ अंकले बढेर ३८६.२६ विन्दुमा पुगेकाे छ ।


कूल २३३ वटा कम्पनीकाे ४२ लाख २३ हजार ८ सय ६७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २ करोड ५४ लाख ८९ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ वटा उपसमूहकाे सेयर बढेकाे छ । म्युचुअल फण्ड उपसमूहकाे सेयर मात्रै घटेकाे हाे ।


आइतबार हिमालयन डिष्टीलरीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ४५ कराेड ४ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।


आज डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । संस्थाकाे सेयरमूल्य ८.२१ प्रतिशतले बढेर ९ सय ७४ रूपैयाँ पुगेकाे छ । यस दिन एनएमबी हाइब्रिड फण्ड एल १ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ३.११ प्रतिशतले घटेर ९ रूपैयाँ २ पैसामा झरेकाे छ ।

प्रतिकृया