• ४ साउन २०८३, सोमबार
  • १:४९ बिहान

राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम विजयी

प्रकाशित मिति

२०७९ मंसिर ११ गते, आईतवार ०४:४७

११ मंसिर, २०७९, काठमाडौं : १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम गण्डकी प्रदेशलाई एक सय १३ रनले पराजित गर्दै विजयी भएको हो।खेलमा सुदूरपश्चिमले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश ३२ दशमलव पाँच ओभरमा एक सय रनमा समेटियो। गण्डकीका लागि गोविन्द विकले २२ तथा अर्जुन कुमालले २० रन बनाएका थिए। कप्तान सुवास भण्डारीले १६ रन जोड्दा करन पगेङ्नीले १५ रन बनाए।


सुदूरपश्चिमका लागि मिलन बोहोराले ६ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४९ दशमलव तीन ओभरमा अलआउट हुँदै दुई सय १३ रन बनाएको थियो।सुदूरपश्चिमका लागि आकाश चन्दले ४० तथा कप्तान अनुज सिंहले ३७ रन बनाए। नरेन साउदले २८ तथा मिलन बोहोराले २४ रन बनाउँदा हेमन्त धामी र गजेन्द्र बोहोराले समान १९/१९ रन बनाए। दीपक बोहोरा ११ रनमा आउट भए।

Kamana Sewa

गण्डकीका लागि कप्तान सुवास भण्डारीले तीन विकेट लिए भने सुदिप अर्याल, सचिनराज अधिकारी, अर्जुन कुमाल, सिब्रिन श्रेष्ठ, निर्तिश गिरी र शिशिर भुषालले समान १:१ विकेट लिएका थिए। प्रतियोगिताको विजेताले रु दुई लाख तथा उपविजेताले रु एक लाख पाउने छन्।

Classic Tech Desktop

प्रतिकृया