• ४ साउन २०८३, सोमबार
  • २:५५ बिहान

नव निर्वाचित सांसद थापालाई महेश बस्नेतले दिए शुभकामना

प्रकाशित मिति

२०७९ मंसिर ८ गते, बिहीबार ०७:३८

८ मंसिर २०७९, भक्तपुर : नेकपा एमालेका नेता तथा भक्तपुर क्षेत्र न २ का प्रतिनिधि सभाका उम्मेदवार महेश बस्नेतले यसै क्षेत्रका नव निर्वाचित प्रतिनिधि सभा सदस्य दुर्लभ थापालाई बधाई तथा शुभकामना दिएका छन् । नेता बस्नेतले नव निर्वाचित प्रतिनिधि सभा सदस्य थापालाई उनकै निवास कटुन्जेमा पुगि बधाई तथा शुभकामना ब्यक्त गरेका छन् । सो क्रममा बस्नेतले राजनितिमा प्रतिसप्रर्धा भएता पनि भक्तपुरको विकाशमा एकबद्धता भएर जानु पर्ने जोड दिएका छन् ।


बस्नेतको साथमा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा लगाएत एमालेका नेता तथा कार्यकर्ताहरु समेतले थापालाई बधाई तथा शुभकामना दिएका छन् । नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका थापासँग ९५९ मतले बस्नेत पराजित भएका थिए । बस्नेतले थापालाई बधाई ज्ञापन गर्दै असल राजनितिक संस्कार देखाएका हुन् ।

Kamana Sewa

यस अघि नव निर्वाचित प्रतिनिधि सभा दुर्लभ थापाले पनि निर्वाचन मार्फत जनप्रतिनिधि छनोट गर्दा जित वा हार लोकतन्त्रवादीका लागि सामान्य विषय हो भन्दै सुभचिन्तकहरुमा कुनै ब्यक्ती वा पार्टी विशेष टिकाटिप्पणी, लालछना, होचाउने, घोचपेच गर्ने मजाक गर्ने र अमर्यादित शब्दको प्रयोग गरी उच्च लोकतान्त्रीक आचरण प्रस्तुत गर्न सचिवालायमार्फत अपिल गरेका थिए ।

Classic Tech Desktop

प्रतिकृया