• १५:३४ २०८० चैत्र १६ गते
  • 3:34 pm

अन्तिममा मतपरिणाम उल्ट्याएर मकवानपुरमा विजयी बने राप्रपाका सिंह

प्रकाशित मिति

२०७९ मंसिर ८ गते, बिहीबार ०२:५२

dipak1

८ मंसिर २०७९, काठमाडौँ: मकवानपुर-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह विजयी भएका छन्। मतगणनाको अन्तिममा परिणाम उल्ट्याएर सिंह विजयी भएका हुन् । सुरूमा तेस्रो स्थानमा रहेका सिंहले अन्तिम परिणाम २७८१६ मत पाए भने पहिलेदेखि अग्रता लिइरहेकी कांग्रेसकी डिना उपाध्यायले २५४३४ मत पाइन् ।


एमालेको चुनाव चिन्हबाट लडेका कमल थापाले २५४२० मत पाएका छन् । सिंह गत स्थानीय निर्वाचनमा राप्रपाबाट हेटौंडा उपमहानगरपालिकाका मेयर उम्मेदवार बनेका थिए।


राप्रपाले यसअघि बाँके-२ र जुम्लाबाट प्रतिनिधि सभा सदस्य जितेको छ।

प्रतिकृया