• ४ साउन २०८३, सोमबार
  • २:२४ बिहान

प्रदेश सभामा एकीकृत समाजवादीका डा राजेन्द्रमान निर्वाचित

प्रकाशित मिति

२०७९ मंसिर ८ गते, बिहीबार १०:४५

८ मंसिर २०७९, काठमाडौँ: भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा २ मध्यपुर थिमी नगर क्षेत्रमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका नेता डा. राजेन्द्रमान श्रेष्ठ विजयी भएका छन् ।


डा. श्रेष्ठ ८ हजार ३ सय ४१ मत ल्याई विजयी भएका हुन् । उनका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका चन्दनकृष्ण श्रेष्ठले ८ हजार ३१ मत प्राप्त गरे । चन्दन कृष्णलाई ३ सय १० मतले पराजित गर्दै डा। श्रेष्ठ निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले पुष्टि गरेको हो । उनी यस अघि २०७४ मा एमालेका उम्मेदवारका रुपमा प्रदेश सभामा निर्वाचित भएका थिए ।

Kamana Sewa

यस्तै नेमकिपाका रमेश वैद्यले ६ हजार ८३१, राप्रपाका पञ्चकृष्ण श्रेष्ठले ३ हजार ७५०, स्वतन्त्र उम्मेदवार प्रेमनाथ श्रेष्ठले ५०६, राप्रपा नेपालका श्रीकृष्ण नेपालले ३२२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया