• ४ साउन २०८३, सोमबार
  • ३:३० बिहान

एमाले अध्यक्ष ओली विजयी

प्रकाशित मिति

२०७९ मंसिर ७ गते, बुधबार ०६:३०

७ मंसिर २०७९, काठमाडौँ : झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन् । निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार छ सय १९ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार दुई सय ३१ मत ल्याएका छन् ।


अध्यक्ष ओली योसँगै छ पटक विजयी बनेका छन् । यसअघि उनी विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भइसकेका छन् ।

Kamana Sewa

प्रतिकृया