• ४ साउन २०८३, सोमबार
  • २:५१ बिहान

अब हामीलाई उपेक्षा गरेर अघि बढ्न सकिन्न: रवि लामिछाने

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार १०:५५

५ मंसिर २०७९, काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई उपेक्षा गरेर अघि बढ्न नसक्ने गरी नतिजा आउने दाबी गरेका छन्। चितवन क्षेत्र नम्बर २ को मतगणनाअघि सर्वदलीय बैठक सकेर फर्कँदा प्रतिकृया दिँदै लामिछानेले आफूहरूलाई साथ नलिएर अघि बढ्न नसक्ने अवस्था आउने दाबी गरे।


चितवन-२ को मतगणना दिउँसो १ बजेपछि सुरू हुँदैछ। उनी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले केही ठाउँमा अग्रता लिएका छन् भने समानुपातिकमा पनि उनको दलले उल्लेख्य मत ल्याउने प्रारम्भिक नतिजामा देखिएको छ।

Kamana Sewa

प्रतिकृया