• ४ साउन २०८३, सोमबार
  • २:१२ बिहान

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

प्रकाशित मिति

२०७९ आश्विन २७ गते, बिहीबार १२:५७

२७ असोज २०७९, काठमाडौँ: बिहीबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला ९४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला १० रूपैयाँले घटेको छ। बुधबार प्रतितोला एक हजार दुई सय रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार एक सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।


आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Kamana Sewa

प्रतिकृया