• १५:०४ २०८० चैत्र १६ गते
  • 3:04 pm

बालिकाका सवालहरुलाई प्राथमिकता दिन सरोकारवालाको जोड

प्रकाशित मिति

२०७९ आश्विन २७ गते, बिहीबार १२:४८

IMG 9707 scaled

२७ असोज २०७९, काठमाडौँः  १९ डिसेम्बर २०११ मा बसेको संयुक्त राष्ट्र संघीय साधारण सभाको विशेष प्रस्ताव Resolution ) ६६-१७० अनुसार सन् २०१२ देखि प्रत्येक वर्ष अक्टोबर ११ तारिखका दिन अन्तर्राष्ट्रिय बालिका दिवस मनाउने निर्णय गरेसँगै ११ अक्टोबर, २०२२ मा दशौँ अन्तर्राष्ट्रिय बालिका दिवस, २०२२ “अब हाम्राे पालो : हाम्रो अधिकार, हाम्रो भविष्य”(Our Time is now- our rights, our future) नाराका साथ मनाइएको छ । विशेष गरी बालिका अधिकारको मान्यतालाई स्थापित गर्न , विश्वभरका बालिकाहरुले भोग्नु परेको संवेदनशिल तथा अन्य उमेर समुह भन्दा भिन्न चुनौतीहरुको पहिचान गर्न, संसारभरी बालिका अधिकारलाई प्रवद्र्धन गर्ने, बालिकालाई संरक्षण गर्ने, बालिकामाथि हुने सबै प्रकारका विभेद , कुरीति, कुसंस्कार , हिंसा , बलत्कार , बालविवाह, गरीबी, अशिक्षा , कुपरम्परा र अन्य बालिकासँग सम्बन्धीत सवाल समस्याहरुको अन्त्य गर्ने र बालिका अधिकारको सवाललाई मुलप्रवाहिकरणका लागी यो दिवस मनाउन थालिएको हो ।


नेपालको सन्दर्भमा लैङ्गिक मुलप्रवाहिकरण र बालिका अधिकारको सवालमा विभिन्न सरोकारवालाहरुले योगदान पुर्याइरहका भएतापनि बालिका अधिकारको सम्बन्धका ठोस परिमाण र उपेक्षित उपलब्धि हासिल गर्न नसेकोको अवस्था रहेको छ । अझै पनि बालिका तथा यौनीक तथा लैङ्गिक अल्पसङख्यक बालबालिकाहरु विभिन्न समस्याहरुमा रुमलिएका छन् । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालका अझै २८ प्रतिशत विद्यालयमा छात्रछात्रको लागि छुट्टाछुट्टै शौचालय छैन । ४०% किशोरीहरू महिनावारीका कारण प्रत्येक महिना कम्तिमा एक दिन बिदा लिन बाध्य छन्(किशोरी जोखिम स्वास्थ्य अभ्यास सर्वेक्षण, २०१७) । ५ वर्ष मुनिका २८% बालिकाहरु कम तौलका छन् र ३९.५% बालिकाहरुको उमेर अनुसारको उचाइको बढ्न सकेको छैन । राष्ट्रिय मानवअधिकार आयोगको मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन, २०७६, अनुसार भारतमा वेश्यावृत्तिमा नेपाली महिला र बालिहकाहरुको ठुलो संख्या रहेको छ , जसमध्य २६ % पीडितहरू १८ वर्ष भन्दा कम उमेरका छन् ।


यस अवस्थामा अन्तर्राष्ट्रिय बालिका दिवसको महत्व र सान्दर्भिकता अझै बढि देखिन्छ । नियमित रुपमा आइरहने बलात्कार, हिंसा, दुव्र्यवहार, विभेद, एसिड आक्रमण, अनलाइन दुव्र्यवहार, इत्यादी जस्ता जघन्य घटनाहरुले बालिकाको शिक्षा, स्वास्थ्य, चौतर्फि विकास, संरक्षण र प्रभावकारी सहभागितामा परेको नकारात्मक असरलाई अन्त्य गर्न देशमा विद्यमान ऐन, कानून, कार्ययोजना, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यन्वयन गर्न यस दिनलाई विशेष कार्यक्रमका साथ मनाई वर्षभरी नै बालिका केन्द्रित तथा बालमैत्री त्यसमा पनि बालिका मैत्री कार्यक्रम, नीति, नियम, व्यवहार र वजेटका साथ बालिकाहरूको सशक्तिकरण गरी बालिका अधिकार स्थापनाको लागि सशक्त भई क्रियाशील रहनु आजको आवश्यकता रहेको छ ।


यसै सन्दर्भमा जागृति बाल तथा युवा सरोकार नेपाल , बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, बालिका अधिकारका लागी राष्ट्रिय संजाल , एसडिजी स्टुडियो , सिजोप, प्लान इन्टनरनेशनल नेपाल, क्यानालान, जेभिआई इन्टरनेशनल,सामाजीक सुरक्षा नागरिक समाज सञ्जाल तथा अन्य संस्थाहरुको समन्वय र सहकार्यमा बालिकाहरुको नेतृत्व विकासका लागी १ दिनको लागी विभिन्न संस्था तथा संजालको संयोजक÷ अध्यक्ष पदको जिम्मेवारी हस्तान्तरण तथा प्रतिबद्धता संकलन कार्यक्रम आयोजना गरिएको छ ।


कार्यक्रममा विभिन्न प्रदेशका प्रतिनिधित्व गर्दै आउनुभएका बालिकाहरुले कार्यक्रम, योजना र नीतिमा बालिका, किशोरीको राजनीतिक अधिकारका विषयलाई प्राथमिकता दिन , बालिका तथा किशोरीहरू भित्रको विविधतालाई चिनेर समावेशीताको आधारमा योजना बनाउन, बालिकाहरूमा भएकोअन्तरनीहित शक्तिलाई बढाउन तथा बालिकाका निम्ति काम गर्ने संयन्त्र र प्रणालीका संरचनाहरू सबलीकरण गर्न, बालिका तथा किशोरीहरूको क्षमता विकास,नेतृत्वको अवसर, सहभागिता र विचारको सुनुवाई अर्थपूर्ण तवरले आयोजना गर्न र बालिकामैत्री तथा किशोरीमैत्री वातावरण प्रबद्र्धन तथा प्राथमिकताको लागी अपिल गरेका थिए । सोही अभियान अन्तर्गत बालिका अधिकारको क्षेत्रमा कृयाशिल संस्था जागृति बाल तथा युवा सरोकार नेपालको अध्यक्ष पद अर्चना शर्मालाई, बालिका अधिकारको लागी राष्ट्रिय सञ्जालको संयोजक पद सरुना थापा, बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चको संयोजक बन्दना थिङ्ग तामाङ्ग , एसडिजी स्टुडियोको हिनामाया खड्का(स्वस्तीका) लाई हस्तान्तरण गरिएको कुरा जागृति बाल तथा युवा सरोकार नेपालकी उपाध्यक्ष राधा ढकालले बताउनुभयो ।


यस प्रकारको कार्यक्रममा सिजोप, कन्सोर्टियम, बालिका दुलही हैनन्, समाजीक सुरक्षा नागरिक समाज सञ्जालमा समेत गरिएको थियो । बालिका दिवसको सन्दर्भमा विगतमा जिल्ला , प्रदेश र राष्ट्रिय स्तरमा बालिका सम्मेलनहरु हुने भएता पनि कोभिड पछी यस्ता कार्यक्रमहरुमा कमी आएको छ । बालिका दिवस र बालिकाका कार्यक्रमहरु नेपाल सरकारको महत्व भित्र पर्न नसक्नु र दिवस समेत राज्यले नमनाउनु दुखद पक्ष भएको बालअधिकारकर्मी तिलोत्तम पौडेलले बताउनुभयो ।


बालिका अधिकारको संरक्षण र संवद्र्धनको लागी भएका संवैधानीक तथा कानुनी व्यवस्थाको कार्यन्वयन , शिक्षा,स्वास्थ्य र न्यायमा बालिका तथा किशोरीहरुको पहुँच वृद्घी गर्नका साथै बाल विवाह, यौन हिँसा , बलत्कार , एसिड प्रहार , महिनावारी , जाती भाषा , धर्मक्षेत्रका आधारमा हुने विभेद , अनलाइनको दुरुपयोगबाट जोगाउन सचेतानात्मक , जनचेतात्मक र सामाजिक सुरक्षा केन्द्रित कार्यक्रमहरुको सञ्चालन जरुरी रहेको छ ।

प्रतिकृया