• २९ असार २०८३, सोमबार
  • २:३७ बिहान

मनसुन सक्रिय: काठमाडौंसहित विभिन्न जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम

प्रकाशित मिति

२०८३ असार २८ गते, आईतवार १०:१४

२८ असार २०८३ काठमाडौं –देशभर मनसुन सक्रिय भएसँगै वर्षाको गतिविधि बढेको छ। लगातारको वर्षासँगै आइतबार (असार २८) विभिन्न जिल्लाका खोलानदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक तथा आसपासका क्षेत्रमा बग्ने केही साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ। यस्ता नदी तथा खोला आसपास बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

Kamana Sewa

यस्तै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु, संखुवासभा, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर र रौतहटका साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना रहेकाले ती जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

Classic Tech Desktop

कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, राप्तीलगायतका ठूला नदीमा पनि पानीको बहाव बढ्ने अनुमान गरिएको छ। यद्यपि आइतबार बिहानसम्मको मापनअनुसार यी नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको महाशाखाले स्पष्ट पारेको छ।

हाल देशभर मनसुनी वायु सक्रिय रहेको र मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा केही माथि नेपालका तराई भूभागनजिक रहेकाले आगामी दिनमा पनि वर्षा जारी रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिकृया