• २१ असोज २०८३, बुधबार
  • ३ः१३ दिउँसो

आज नाग पञ्चमी, नागको पूजा गरी घरमा तस्वीर टाँसिँदै

प्रकाशित मिति

२०८३ भाद्र १ गते, सोमबार ०९:१२

१ भदौ २०८३ काठमाडौं – श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज देशभर परम्पराअनुसार मनाइँदै छ। यस अवसरमा नागको पूजा गरी घरको मूलढोकामाथि नागको तस्वीर टाँस्ने चलन छ।

National Life

नागको पूजा गरेमा सर्प, नाग तथा बिच्छीलगायत जीवबाट हुने भयसँगै अग्नि, मेघ र चट्याङबाट समेत सुरक्षा हुने धार्मिक विश्वास छ। वैदिककालदेखि नै नागलाई पूजनीय मानिँदै आएको छ।

आज अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गर्ने परम्परा छ। नागस्थान, नागदह तथा कुण्डमा विशेष पूजा गरी दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका प्रसाद चढाउने गरिन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

काठमाडौंको नागपोखरी र टौदह तथा भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागस्थानमा आज विशेष पूजा हुँदैछ। नाग पञ्चमीका दिन खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायत घिस्रने जीवलाई नमार्ने धार्मिक मान्यता पनि रहेको छ।

प्रतिकृया