• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

सेयर किनबेच साढे ६५ करोड रुपैयाँमा सीमित, बजार १८ सय भएपनि कारोबार भने ११ सय हुँदा जति

प्रकाशित मिति

२०७९ आश्विन ६ गते, बिहीबार ०३:५५

६ आश्विन २०७९, काठमाडौँ: निश्चित गतिमा सेयर बजार हिँड्न छाडेपछि सेयर कारोबारमा ह्रास आएको छ। विहीबार सेयर किनबेच साढे ६५ करोड रुपैयाँमा सीमित छ । किनबेच सुस्त हुँदा कारोबार रकम अघिल्लो बियरिस साइकल जति हुन थालेको छ । बजार १८ सय भएपनि कारोबार भने ११ सय हुँदा जति हुने एक सेयर ब्रोकरले बताए। सेयर बजार यसरी थला पर्दा व्यवसाय सञ्चालनमा कठिनाइ आउन थालेको ब्रोकर सञ्चालक बताउँछन् ।


पछिल्लो समय बजार घटिरहँदा किनबेचमा लगानीकर्ताको सक्रियता कम भएको पाइन्छ। सस्तिएको मूल्यमा सेयर बेच्न नचाहनेहरु बजारमा थपिँदै गएका हुन्। यस्तै, अघिल्लो दिनको वृद्धिमा ब्रेक लगाउँदै सेयर बजार विहीबार सामान्य घटेको छ। बजार ९.८३ अंक घट्दा नेप्से परिसूचक १८३८.९६ को विन्दुमा सीमित हुन पुगेको हो।

Kamana Sewa

बढी किनबेच भोलाटाइल प्रवृतिका सेयरमा मात्र देखिन्छ। फाइनान्स, हाइड्रोपावर र माइक्रोफाइनान्सको सेयर खरिद बिक्री अन्यभन्दा बाक्लो छ। विशेषगरि यस्ता स्टकको सेयर मूल्यले प्रमुख परिसूचकको सामान्य उतारचढावमा पनि प्रतिक्रिय देखाउने गर्छन्।

Classic Tech Desktop

बिहिबार सर्वाधिक घटेको विन्दबासिनी हाइड्रोपावरको सेयर मूल्य हो। ५.२६ प्रतिशतका दरले हाइड्रोपावरका लगानीकर्ताले गुमाए। हाइड्रोपावर उपसमूहले एक प्रतिशत गुमाउँदा साम्लिङ पावरको सेयर मूल्यमा भने झन्डै सकारात्मक सर्किट लागेको छ।

प्रतिकृया