• १७ साउन २०८३, आइतबार
  • ५:२९ बेलुका

स्वतन्त्र उम्मेदवारहरुको राष्ट्रिय भेला असार १८ गते, देशभरका स्वतन्त्र उम्मेदवारहरुलाई उपस्थित हुन आह्वान

प्रकाशित मिति

२०७९ असार १३ गते, सोमबार ०५:१०

१३ असार २०७९ काठमाडौंः स्वतन्त्र उम्मेदवारहरुले आगामी असार १८ गते राष्ट्रिय भेलाको आयोजना गर्ने भएका छन् । रिपोर्टर्स क्लब नेपालमा आज (सोमबार) पत्रकार सम्मेलन गर्दै असार १७ र १८ गते हुने भनिएको स्वतन्त्र उम्मेदवारहरुको भेला असार १८ गते एक दिन हुने जानकारी दिइएको हो । भेलाको स्थान तय हुन भने बाँकी रहेको जानकारी दिइएको छ ।


स्वतन्त्र उम्मेदवारहरुले राष्ट्रिय भेलामा देशभरका स्वतन्त्र उम्मेदवारी दिने व्यक्तिहरुलाई उपस्थितिको लागि आह्वान गरेका छन् । राष्ट्रिय भेलालाई ‘संयुक्त बिशेष भेला’ को नाम दिने र उक्त ‘विशेष भेला’ले बृहत राष्ट्रिय भेलाको मिति र कार्यक्रम तोक्ने जनाइएको छ।

Kamana Sewa

प्रतिकृया