• ३१ भदौ २०८३, बुधबार
  • १ः२९ दिउँसो

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ श्रावण १४ गते, बिहीबार ०९:१७

 १४ साउन २०८३ काठमाडौं –जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ।

National Life

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदली छ। यीमध्ये कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थान तथा सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहने, पहाडी भू–भागका केही स्थान तथा तराईका विभिन्न क्षेत्रमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आज राति पनि देशभर सामान्य बदली रहने तथा कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र मधेश प्रदेशका विभिन्न स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशका पहाडी र तराई क्षेत्र तथा बागमती र गण्डकीका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

प्रतिकृया