• २६ भदौ २०८३, शुक्रबार
  • ३ः१० दिउँसो

आज पनि देशका धेरै स्थानमा वर्षाको सम्भावना, ६ प्रदेशमा भारी वर्षाको चेतावनी

प्रकाशित मिति

२०८३ श्रावण १३ गते, बुधबार ०८:२१

१३ साउन २०८३ काठमाडौं– जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायु सक्रिय रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिम नेपालमा सरदरभन्दा उत्तरतर्फ रहेकाले आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ।

National Life

हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश, बागमती र गण्डकीका तराई क्षेत्रमा आंशिक बदली छ। बागमतीका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा कोशी तराई र मधेशका थोरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थान तथा सुदूरपश्चिमका तराईका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भू–भागका केही स्थान तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

प्रतिकृया