• २६ भदौ २०८३, शुक्रबार
  • १ः०९ दिउँसो

बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग

प्रकाशित मिति

२०८३ भाद्र २६ गते, शुक्रबार ११:५५

२६ भदौ २०८३ काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी व्यवसायीका लागि पाँच वर्षसम्म कर तथा गैरकर छुटसहितको विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन्। शुक्रबार एक कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले बाढीबाट पूर्ण तथा आंशिक रूपमा क्षति भएका उद्योग तथा व्यवसाय पुनः सञ्चालन र पुनरुत्थानका लागि सरकारले विशेष नीति ल्याउनुपर्ने बताए। उनले बाढीका कारण क्षति भएका व्यावसायिक प्रयोजनका सवारी तथा ढुवानी साधन आयात गर्दा भन्सार महसुल, अन्तःशुल्क, सडक निर्माण दस्तुर, स्वच्छ पूर्वाधार तथा लगानी शुल्कलगायत सबै प्रकारका कर छुट दिनुपर्ने माग गरे।

National Life

यस्तै, बाढीमा नष्ट भएका प्लान्ट, मेसिनरी, यन्त्र तथा उपकरण पुनःआयात गर्दा भन्सार बिन्दुमा लाग्ने सबै प्रकारका कर तथा महसुल छुट दिनुपर्ने उनले बताए। श्रेष्ठले बाढीपीडित व्यवसायीलाई सहुलियतपूर्ण कर्जामा समेट्दै ब्याज अनुदान, बिमा प्रिमियम छुट तथा आवश्यक अन्य अनुदान उपलब्ध गराउनुपर्नेमा जोड दिए।

उनले जीवनभर राज्यलाई कर तिरेका व्यवसायी विपद्का कारण सडकमा पुग्दा उनीहरूलाई पुनः व्यवसायमा फर्काउने जिम्मेवारी राज्यले लिनुपर्ने बताए। बाढीका कारण व्यवसाय गुमाएका उद्योगी व्यवसायीलाई पुनः आर्थिक गतिविधिमा फर्काउन सरकारले दीर्घकालीन राहत तथा पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने श्रेष्ठको भनाइ छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया