• २६ भदौ २०८३, शुक्रबार
  • १०ः०५ बिहान

कृष्णभीरको सडक भदौभित्रै सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

प्रकाशित मिति

२०८३ भाद्र २६ गते, शुक्रबार ०९:३६

२६ भदौ २०८३ काठमाडौं —पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने लक्ष्यसहित सरकारले निर्माण कार्य तीव्र पारेको छ।प्रधानमन्त्री कार्यालयका अनुसार कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल, नेपालले निर्माण क्षेत्रमा फ्लडलाइट जडान गरेपछि रातिको समयमा समेत दैनिक १२ देखि १४ घण्टासम्म काम भइरहेको छ।

National Life

नयाँ ट्रयाक निर्माणसँगै पहिरो रोकथामका लागि सडकको माथिल्लो र तल्लो भागमा समेत काम भइरहेको छ। राजमार्गका अन्य पाँच स्थानमा गएको पहिरो हटाएर दुईतर्फी यातायात सञ्चालन गर्ने काम पनि सँगसँगै भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

भदौ १० गते आएको बाढीका कारण कृष्णभीर क्षेत्रको सडक कमजोर बनेको थियो। त्यसपछि भदौ १४ गते भोटेकोशीको बाढीले सडक थप भासिएपछि सरकारी टोलीले स्थलगत निरीक्षण गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकले चार दिनसम्म गरेको द्रुत अध्ययनपछि पहाड काटेर २५० मिटर नयाँ ट्रयाक निर्माण गर्ने विकल्प अघि बढाइएको हो।

प्रतिकृया