• ४ असोज २०८३, आइतबार
  • ९ः१८ राती

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा अब रहेनन्

प्रकाशित मिति

२०८३ श्रावण १६ गते, शनिबार ०५:१५

१६ साउन २०८३ काठमाडौं – विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को पाकिस्तानस्थित ब्रड पिक हिमालमा आएको हिमपहिरोमा परी निधन भएको छ।ब्रड पिकमा आरोहणका क्रममा आएको हिमपहिरोमा उनीसहित १० जना आरोही बेपत्ता भएका थिए। तीमध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए। शुक्रबारसम्म चार जनाको शव फेला परिसकेको थियो भने अब पुर्जाको निधन भएको पुष्टि भएको हो।

National Life

हिमपहिरोमा परेकामध्ये ओमानकी नधिरा अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, अमेरिकाकी म्यालोरी गाइस तथा नेपालका निर्मल पुर्जा (निम्स दाइ), पुरबहादुर गुरुङ (युक्त), किली पेम्बा शेर्पा (किलु), नीमा शेर्पा, न्वाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका थिए।

निर्मल पुर्जाले स्थापना गरेको संस्था इलाइट एक्सपेडले सामाजिक सञ्जालमार्फत उनको निधन भएको औपचारिक पुष्टि गरेको हो। विश्वका सबै १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल छोटो समयमै आरोहण गरेर विश्व कीर्तिमान बनाएका पुर्जाको निधनले नेपाली तथा विश्व पर्वतारोहण समुदायलाई गहिरो शोकमा डुबाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया