• ५ असोज २०८३, सोमबार
  • ४ः२३ बेलुका

काँकडभिट्टाबाट एक वर्षमा साढे २४ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात, राजस्वमा पनि उल्लेख्य वृद्धि

प्रकाशित मिति

२०८३ श्रावण १७ गते, आईतवार ११:५१

१७ साउन २०८३ काठमाडौं – झापाको काँकडभिट्टा नाकाबाट गत आर्थिक वर्ष २०८२/८३ मा २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। काँकडभिट्टा भन्सार कार्यालयका अनुसार उक्त अवधिमा पेट्रोल, डिजेल र लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) गरी तीन प्रकारका पेट्रोलियम पदार्थ आयात गरिएको हो।

National Life

कुल आयातमध्ये पेट्रोल १२ अर्ब १८ करोड ७ लाख ६४ हजार रुपैयाँ, डिजेल ९ अर्ब ५५ करोड ४९ लाख ७ हजार रुपैयाँ र एलपीजी २ अर्ब ७७ करोड १० लाख ७३ हजार रुपैयाँ बराबरको आयात भएको कार्यालयले जनाएको छ।यसअघिको आर्थिक वर्ष २०८१/८२ मा भने पेट्रोल ८ अर्ब ९२ करोड ८५ लाख २६ हजार रुपैयाँ र डिजेल ७ अर्ब ३ करोड ३२ लाख १९ हजार रुपैयाँ बराबरको आयात भएको थियो। यसले पछिल्लो आर्थिक वर्षमा पेट्रोल र डिजेल दुवैको आयात उल्लेख्य रूपमा बढेको देखिएको छ।

भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार पेट्रोलियम पदार्थको आयातबाट सरकारले पेट्रोलमा ५ अर्ब ८५ करोड ३७ लाख ५० हजार रुपैयाँ र डिजेलमा २ अर्ब ९३ करोड २२ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

पेट्रोलियम पदार्थको बढ्दो आयातसँगै काँकडभिट्टा नाका सरकारको राजस्व संकलनको प्रमुख स्रोतका रूपमा थप महत्त्वपूर्ण बन्दै गएको छ।

प्रतिकृया