बजारमा ग्यासको अभाव, एक सिलिन्डरका लागि उपभोक्ता लाइनमा
प्रकाशित मिति
२०८३ श्रावण १५ गते, शुक्रबार ०५:०६
१५ साउन २०८३ काठमाडौं – देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिन थालेपछि उपभोक्ताले ग्यासका लागि लामो समय कुर्नुपर्ने अवस्था सिर्जना भएको छ। बजारमा ग्यास सहज रूपमा उपलब्ध नहुँदा उपभोक्ता ग्यास सप्लायर्स र डिलरसमक्ष लाइन लाग्न बाध्य भएका छन्। कतिपय स्थानमा एक सिलिन्डर ग्यास पाउन उपभोक्ताले हप्तादिनसम्म कुर्नुपरेको गुनासो गरेका छन्।
नेपाल आयल निगमले फागुनको अन्तिम सातादेखि आधा सिलिन्डर ग्यास वितरण गर्दै आएको थियो। असारको अन्तिमदेखि पुनः पूरा (भरी) सिलिन्डर वितरण सुरु गरेपछि उपभोक्ताको माग एकाएक बढेको र त्यसकै प्रभाव बजारमा देखिएको व्यवसायीहरूको भनाइ छ।
यद्यपि नेपाल आयल निगमले भने बजारमा ग्यासको अभाव नरहेको दाबी गर्दै आएको छ। निगमले आपूर्ति नियमित रहेको बताए पनि राजधानीसहित विभिन्न स्थानमा उपभोक्ताले ग्यास नपाएको गुनासो बढिरहेको छ।
Related
Recent News
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया