• २ असोज २०८३, शुक्रबार
  • ३ः१० दिउँसो

हिमपहिरोमा बेपत्ता नेपालीको खोजीमा पाकिस्तानसँग समन्वय जारी : परराष्ट्र मन्त्रालय

प्रकाशित मिति

२०८३ श्रावण १५ गते, शुक्रबार ०३:३५

१५ साउन २०८३ काठमाडौं – पाकिस्तानस्थित ब्रड पिक हिमालमा हिमपहिरोमा परेका ६ नेपाली पर्वतारोहीको खोज तथा उद्धारका लागि नेपाल सरकारले पाकिस्तान सरकारसँग समन्वय गरिरहेको जनाएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै इस्लामाबादस्थित नेपाली दूतावासले पाकिस्तान सरकारका सम्बन्धित निकाय तथा अल्पाइन क्लब अफ पाकिस्तानसँग निरन्तर समन्वय गर्दै प्रभावित आरोहीहरूको शीघ्र र सुरक्षित उद्धारका लागि पहल गरिरहेको जनाएको हो।

National Life

मन्त्रालयका अनुसार पाकिस्तानका अधिकारीहरूले खोज तथा उद्धार कार्य जारी रहेको जानकारी नेपाली दूतावासलाई गराएका छन्। साथै, उद्धार कार्य प्रभावकारी बनाउन उपलब्ध सबै स्रोत–साधन परिचालन गर्ने प्रतिबद्धता पनि पाकिस्तान सरकारले जनाएको छ।

पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ नेतृत्वको ब्रड पिक आरोहण टोलीमा नेपालका पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, नीमा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका छन्। टोलीमा ओमान, पाकिस्तान, चीन र अमेरिकाका पर्वतारोही पनि सहभागी छन्।

Classic Tech Mobile
Classic Tech Desktop

हिमपहिरोपछि सम्पर्कविहीन बनेका आरोहीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिकृया