• २६ भदौ २०८३, शुक्रबार
  • ५ः३३ बेलुका

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ श्रावण १२ गते, मंगलवार ०९:२९

१२ साउन २०८३ काठमाडौं – जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायु सक्रिय रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिम नेपालमा सरदरभन्दा उत्तरतर्फ रहेकाले आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ।

National Life

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा लुम्बिनी र मधेश प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान, बागमती र गण्डकीका तराईका केही स्थान तथा कोशी तराई र मधेशका थोरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थान, साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि हिमाली र पहाडी भू–भागसहित कोशी, मधेश, बागमती र गण्डकीका तराई क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ। ती क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसमविद्ले भारी वर्षा हुन सक्ने क्षेत्रका नदी, खोलानाला आसपासका बासिन्दा तथा सडक यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रतिकृया