• २६ भदौ २०८३, शुक्रबार
  • ४ः४६ बेलुका

नेप्सेको सीईओ बन्न आवेदन खुला, १५ दिनभित्र दरखास्त दिन आग्रह

प्रकाशित मिति

२०८३ श्रावण १२ गते, मंगलवार ०९:४३

१२ साउन २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न आवेदन आह्वान गरेको छ। सरकारद्वारा गठित सीईओ छनोट तथा सिफारिस समितिले सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा कार्यालय समयभित्र आवेदन दिन आग्रह गरेको हो।

National Life

सूचनाअनुसार आवेदकले अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्त, व्यवस्थापन, सूचना प्रविधि, वाणिज्य वा कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी (सीए) वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी क्षेत्रमा कम्तीमा सात वर्ष व्यवस्थापकीय तहमा कार्य गरेको अनुभवसहित न्यूनतम १५ वर्षको कार्य अनुभव अनिवार्य गरिएको छ।

आवेदक नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ तथा अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३ (संशोधनसहित) बमोजिम अयोग्य नभएको हुनुपर्नेछ। उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था पनि गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आवेदनसँगै कार्यविधिअनुसार तयार गरिएको व्यावसायिक कार्ययोजनाको तीन प्रति खामबन्दी गरी पेश गर्नुपर्नेछ। खामको बाहिरी भागमा आवेदकको नामसहित “नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन तथा व्यावसायिक कार्ययोजना” उल्लेख गरी दस्तखत गरिएको हुनुपर्ने सूचनामा उल्लेख छ।

प्रतिकृया