• १ असोज २०८३, बिहीबार
  • २ः१६ राती

तनावबीच धार्मिक अगुवाको संयुक्त अपिल : संयम अपनाऔं, सामाजिक सद्भाव जोगाऔं

प्रकाशित मिति

२०८३ श्रावण १५ गते, शुक्रबार ०३:२४

१५ साउन २०८३ काठमाडौं – सुनसरीलगायत विभिन्न जिल्लामा पछिल्ला केही दिनदेखि देखिएको तनावका बीच विभिन्न धार्मिक संगठनका अगुवाहरूले नागरिकलाई संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन्।

National Life

शुक्रबार सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको भेटपछि विश्व हिन्दु महासंघ, अल सलाम सोसाइटी र जमिअत उलमा ए नेपालका प्रतिनिधिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै धर्मका नाममा हिंसा फैलाउने प्रयासप्रति सचेत रहन आग्रह गरेका हुन्।

संयुक्त विज्ञप्तिमा नागरिकलाई उत्तेजनात्मक, घृणात्मक तथा सामाजिक सद्भाव खलबल्याउने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरिएको छ। सबै धर्मले मानव कल्याण, सहिष्णुता, सामाजिक एकता र भाइचाराको सन्देश दिने उल्लेख गर्दै धार्मिक विविधताबीचको एकतालाई थप बलियो बनाउनुपर्नेमा जोड दिइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विज्ञप्तिमा विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका अध्यक्ष मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दु महासंघका सचिवालय सदस्य राजुराम फुयाँल तथा अल सलाम सोसाइटीका अध्यक्ष नजरुल हसन फलाहीको हस्ताक्षर रहेको छ।

धार्मिक अगुवाहरूले स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनःस्थापित गर्न सक्रिय भूमिका खेल्न पनि आग्रह गरेका छन्।

प्रतिकृया