• १ असोज २०८३, बिहीबार
  • १ः४४ राती

मधेशका सांसदसँग प्रधानमन्त्रीको छलफल, प्रदेशलाई बलियो बनाउने प्रतिबद्धता

प्रकाशित मिति

२०८३ श्रावण १५ गते, शुक्रबार ०२:२१

१५ साउन २०८३ काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले मधेश प्रदेशका सांसदहरूसँग छलफल गर्दै आफू संघीयताविरोधी नभएको स्पष्ट पारेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उनले प्रदेशलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

National Life

यसअघि मधेश केन्द्रित राजनीतिक दलका नेताहरूसँग छलफल गरेका प्रधानमन्त्री शाहले त्यसलगत्तै मधेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग संवाद थालेका हुन्। छलफलमा सांसद मनिष झा, रोहबर अन्सारी, राजकिशोर महतो, रवि महतोलगायत सहभागी छन्।

बैठकमा मधेशका नेताहरूले प्रदेश सरकारलाई सुरक्षा लगायतका थप अधिकार दिनुपर्ने, प्रदेश प्रहरी गठनलाई प्राथमिकता दिनुपर्ने र संघीयतालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने विषय उठाएका थिए। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीले ‘मलाई संघीयताविरोधी सपनामा पनि नसोच्नुहोस्, हाम्रो उद्देश्य प्रदेशलाई अझ बलियो बनाउनु हो’ भन्दै संघीय संरचनामा सुधारको पक्षमा रहेको स्पष्ट पारे।

Classic Tech Mobile
Classic Tech Desktop

जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि प्रदेश प्रहरी गठन, मधेशी समुदायको नेपाली सेनामा सामूहिक सहभागिता र संघीयताको प्रभावकारी कार्यान्वयनबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको जानकारी दिए। प्रधानमन्त्री शाहले हालसम्म भएका सबै सहमति कार्यान्वयन गर्ने, पछिल्ला घटनाको पुनरावृत्ति हुन नदिने र मधेशमा शान्ति, सद्भाव तथा विश्वासको वातावरण कायम गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रतिकृया