• ४ साउन २०८३, सोमबार
  • १:१७ बिहान

साना किसान लघुवित्तले नबिकेको हकप्रद लिलामीमा ल्याउँदै

प्रकाशित मिति

२०७७ फाल्गुन १८ गते, मंगलवार ०८:०९

काठमाडौं : साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २८ गते, शुक्रबारबाट सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।संस्थाले २०७२ साल मंसिर २५ गतेदेखि २०७२ साल पौष ३० गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको संस्थापक समूहको ३ हजार ३ सय ६८ कित्ता र सर्वसाधारण समूहको ९ हजार ७४ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले फागुन २८ गते, शुक्रबारबाट चैत्र १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

Kamana Sewa

लगानीकर्ताहरुले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडौँ, साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका विभिन्न शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

Classic Tech Desktop

संस्थाले प्रकाशन गरेको सूचना यस प्रकारको छ:

प्रतिकृया