• ४ साउन २०८३, सोमबार
  • १:१७ बिहान

सरकारले थप १० अर्ब रुपैयाँ ऋण उठाउँदै

प्रकाशित मिति

२०७७ फाल्गुन १८ गते, मंगलवार ०७:०६

काठमाडौं:  सरकारले थप १० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने तयारी गरेको छ । सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँको विकास ऋणपत्र खुला गर्ने भएको हो ।८ वर्षे अवधिको विकास ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ ।

प्रतिस्पर्धी खरिदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात ८ अर्ब ५ करोड रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात १ अर्ब ५ करोड छुट्याइएको छ ।

Kamana Sewa

इच्छुक लगानीकर्ताले १८ फागुन दिउँसो २ बजेसम्म अनलाइन ुबिडिङ सफ्टवेयरुमार्फत बोलपत्र पेस गर्नुपर्नेछ । ऋणपत्र यही १९ फागुनमा निष्काशन हुनेछ भने १९ फागुन २०८५ मा साँवा भुक्तानी हुनेछ । यसअघि राष्ट्र बैंकले २० माघमा पनि १० अर्ब रुपैयाँको विकास ऋणपत्र निस्कासन गरेको थियो ।

Classic Tech Desktop

प्रतिकृया