• ४ साउन २०८३, सोमबार
  • ७:११ बेलुका

बराबरीमा रोकियो रियल मड्रिड

प्रकाशित मिति

२०७७ फाल्गुन १८ गते, मंगलवार ०७:१०

एजेन्सी– ला लिगा फुटबलको उपाधि दाबेदार रियल मड्रिड बराबरीमा रोकिएको छ । घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा सोमबार राति भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

सोसिडाडका क्रिस्टियन पोर्टुले गोल गर्दै अग्रता दिलाएको खेलमा रियलका भिनिसियसले बराबरी गोल फर्काएका थिए ।बराबरीपछि रियलले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको पनि समान ५३ अंक छ । तर गोल अन्तरमा रियल पछि छ ।

Kamana Sewa

प्रतिकृया