स्टार्टअप आइडिया कलमा ८७० जनाको आवेदन, आइडिया पठाउने म्याद १५ दिनथपियो ।
प्रकाशित मिति
२०७७ फाल्गुन २ गते, आईतवार ०६:३०
काठमाडौं: बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले आयोजना गरेको नवप्रवर्तन प्रस्ताव आह्वान अथार्त स्टार्टअप आइडिया कल कार्यक्रममा आइडिया पठाउने समय १५ दिन थप गरिएको छ।
बागमतीप्रदेश र यस प्रदेश भित्र उद्यम सञ्चालन गर्न चाहने देश भरका युवाहरुले आफनो आइडिया पठाउनका लागि समय अपुग भएको र अन्तिम पटक म्याद थपका लागि अनुरोध गरे बमोजिम एक पटकका लागिमात्र १५ दिनअवधि रहने गरी फागुन १५ गतेसम्म आइडिया पठाउने समय थप गरिएको उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गानाले बताएका छन्।

उत्पादन र सेवामुलक क्षेत्रमा सृजनात्मक रुपमा उद्यम गर्न चाहने युवाहरुको सङ्ख्या बढिरहेको र उनीहरुले समय थप गर्न आग्रह गरे बमोजीम फेरी नथप्ने गरी म्याद थप गरिएको ढुङ्गानाल जनाए।

राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले प्राप्त आइडियाहरुमध्ये उत्कृष्ट आइडिया छनौट गरी निशुल्क तालीम प्रदान गर्ने, पुरस्कृत गर्ने र सहुलियतपुर्ण कर्जा प्रवाह गर्ने लगायतका उद्यमी बन्नका लागि आवश्यक पुर्ण प्याकेजको कार्यक्रम भएकाले नै नेपाली युवाहरुमा उत्साह थपिएको र यसलाई सफल बनाउन मन्त्रालय, बैंक र फाउण्डेशनले मिलेर काम गरिरहेको बताए।
प्रस्ताव पठाउन र यससम्वन्धी थप जानकारीका लागि www.startupideacall.org लगइन गरी छुटेका युवाहरुलाई आइडिया पठाउन आग्रह समेत गरिएको छ ।




प्रतिकृया