• ४ साउन २०८३, सोमबार
  • ७:१० बेलुका

वासिङ मेसिनमा काम गर्ने क्रममा एक महिलाको मृत्यु

प्रकाशित मिति

२०७७ फाल्गुन २ गते, आईतवार ०६:३६

काठमाडौं: भक्तपुरको एक वासिङ मेसिन सेन्टरमा वासिङ मेसिनभित्र केमिकल राख्नेक्रममा घुमिरहेको फलामे रडमा परेर गम्भिर घाइते भएकी एक महिलाको मृत्यु भएको छ।

सुर्यविनायक नगरपालिका-५ चुनदेवीस्थित लाइभ स्टार कपडा वासिङ सेन्टरमा काम गर्ने दोलखाको भीमेश्वर नगरपालिकाकी ३८ वर्षीया कमला केसीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

Kamana Sewa

उनलाई तत्कालै मध्यपुर ठिमी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

Classic Tech Desktop

प्रतिकृया