• ४ साउन २०८३, सोमबार
  • १:१३ बिहान

भोलि देखि सेयर बजार खुल्ने

प्रकाशित मिति

२०७७ असार १४ गते, आईतवार ०८:४३

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सोमबारदेखि सेयर बजार खुला गर्ने निर्णय गरेको छ ।

आइतबार बोर्ड सञ्चालक समितिको बैठकले आवश्यक सुरक्षाका उपाय अपनाएर असार १५ गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो ।

Kamana Sewa

कोरोना महामारीका कारण गत चैत ११ गते लकडाउन सुरु भएसँगै बन्द भएको सेयर बजार वैशाख २ गते खुलेको थियो । तर दुई दिनपछि बजार फेरि बन्द गरिएको थियो ।

Classic Tech Desktop

सेयर कारोबार गर्दा लगानीकर्ता, ब्रोकर, नेप्से, सीडीएसी, मर्चेन्ट बैंकरले यसअघि बोर्डले जारी गरेको कोरोना सुरक्षाका उपाय पालना गर्नुपर्ने धितोपत्र बोर्डले जनाएको छ ।

बोर्डले ब्रोकरहरुले पनि घरबाटै सेयर कारोबार गर्न सक्ने व्यवस्था मिलाएको भन्दै सकेसम्म घरबाटै कारोबार गर्न प्रोत्साहन गर्ने जनाएको छ ।

प्रतिकृया