• ४ साउन २०८३, सोमबार
  • ७:०१ बेलुका

सर्पले टोकाइबाट कञ्चनपुरमा बालिकाको मृत्यु

प्रकाशित मिति

२०७७ असार १४ गते, आईतवार ०८:०१

कञ्चनपुर, सर्पले टोक्दा कञ्चनपुरमा एक बालिकाको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ कालागौडीमा सर्पको टोकाइबाट ५ वर्षीया बालिका पुनम बोहराको मृत्यु भएको हो।

गएराति कोठामा सुतिरहेको समयमा बोहराको हातमा विषालु सर्पले डसेको परिवारले जनाएको छ। राति नै अर्जुनीमा रहेको सर्पदंश उपचार केन्द्रमा बालिकालाई लगिएपनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा लगिएको थियो। बालिकाको उपचारका क्रममा आइतवार बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

Kamana Sewa

प्रतिकृया