• ४ साउन २०८३, सोमबार
  • १:१५ बिहान

सुनको भाउ फेरि बढ्यो

प्रकाशित मिति

२०७७ असार १४ गते, आईतवार ११:४१

सुनचाँदीको मूल्य

काठमाडौं, सुनको मूल्य आइतबार प्रतितोला ७ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसैगरी तेजावी सुनको भाउ तोलाको ९० हजार ८६० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य भने प्रतितोला ९४५ रुपैयाँ पुगेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको थियो । यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १६० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ भने प्रतितोला ९४० रुपैयाँ थियो ।

Kamana Sewa

प्रतिकृया