• ४ साउन २०८३, सोमबार
  • ६:५० बेलुका

कोरोना संक्रमित १ करोड नाघे, ५ लाख भन्दा बढीको ज्यान गयो

प्रकाशित मिति

२०७७ असार १४ गते, आईतवार ११:५६

काठमाडौं, विश्वमा कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १ करोड नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार १११ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा १ लाख ७६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने ४ हजर ५४८ को मृत्यु भएको छ । यससँगै कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ५ लाख ६२६ को मृत्यु भएको छ । यद्यपी सङ्क्रमितमध्ये ५४ लाख ५३ हजार २४७ जनाले भने कोरोना लाई जितेर घर फर्किसकेका छन् ।

Kamana Sewa

अहिले विश्वभर ४१ लाख २१ हजार बढी जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५७ हजार ७४८ जनाको अवस्था भने गम्भीर रहेको छ ।

Classic Tech Desktop

प्रतिकृया