• ४ साउन २०८३, सोमबार
  • ३:३२ बिहान

पोइजन सेन्टरको प्रयावाची बन्दै नागरिक

प्रकाशित मिति

२०७६ श्रावण ९ गते, बिहीबार १२:४२

डा. मोनिषा कार्की

भक्तपुर, गठ्ठाघरमा अबस्थित नागरिक सामुदायिक अस्पताल हाल आएर पोइजन सेन्टरको पर्यावाचीको रुपमा चिनिन थालेको छ | बिगत दस बर्ष देखि स्वास्थ क्षेत्रमा महर्वपुर्ण योगदान र सेवा दिदै आएको यस अस्पतालले विभिन्न विशेषज्ञ सेवा दिदै आएको छ। खासगरि आफ्नो जीवन देखि हार खाएर मृत्यु रोजेका ब्यक्तिहरुले बिष सेवन गर्ने गर्दछन। सामान्यतया उनीहरुले बीस सेवन गर्ने योजना निकै गोप्य र योजनाबद्ध गर्ने गर्दछन। तसर्थ उनिहरुको खोजी गरेर अस्पताल पुराउदा निकै ढिला भैसकेको हुन्छ। अझ कतिपय केस त स्थानीय अस्पतालमा उपचार अभावमा रिफर गरेर आएका हुन्छन। बिष सेवन कर्ता धेरै जसो बिरामीहरु अचेत अबस्थामा अस्पताल ल्याइन्छ।

Kamana Sewa

त्यस्तो अबस्थामा कुन बिषादी प्रयोग भएको हो कति मात्रामा भएको हो भन्ने खुटाउन निक्कै कठिन हुने गर्दछ। उनीहरुलाई कती मात्रामा बिष काटने औषधि सुरु गर्ने भन्ने बिषय परिवारले बताएका अधार र मुखको गन्धको आधारमा गरिन्छ।बिरामी होस छ्दै अस्पताल पुर्याएको अबस्थामा भने उपचार गर्न केहि सहज हुने गर्दछ। कतिपय ब्यक्तिहरु परिवारलाई धम्काउन, प्रेममा असफल भएर या प्रतिस्पएर्धि युग अनुकुल हिड्न नस्केर पनि बिष सेवन गरेर आएका हुन्छन। तुलनात्मक रुपमा यस्ता बिरामी लाई उपचार गर्न केही सहज हुने गर्दछ।

Classic Tech Desktop

उपचारको विधि बिरामीलाई एमरजेन्सीमा राखेर बिषाधी भएको कपडा फेरि गाउन लगाउन लाइन्छ। भाइटल्स (vitals) हेरी बिष काटने इन्जेक्सन याट्रोपिन (atropine ) चलाइन्छ। चिकित्सकहरुबाट बिरामीको अबस्थाको मुल्यांकन गरेर याट्रोपिनको मात्रा तय गरिन्छ। त्यस पछडि बिरामीलाई सघन उपचार कक्ष (ICU ) मा राखेर उपचार गरिन्छ ।बिष काटने औषधिले प्रभब पार्न थालेपछी बिरामी बरबराउने गर्दछ्न। त्यो अबस्थामा छाडा बोल्ने बेडबाट हामफाल्न खोज्ने अनेक खालका लक्षण देखिने गर्दछ। ICU मा कार्यरत डक्टर र नर्सले निकै संयमित र संबेदनसिल भएर बिरामीको केयर गरिन्छ।ICU मा उपचाररत अन्य बिरामीको अवस्था पनि संबेदनसिल हुने गर्दछ उहांँहरुलाई डिसर्टब नहोस् र उपचार सहज होस भनेर निकै नै होसियारी अपनाउनु पर्दछ। सामान्यतया चार देखि सात दिनमा बिरामी सामान्य अबस्थामा फर्किन्छ। तर दुई तिन प्रतिशत बिरामीलाई भने भेन्टिलेटर ( ventilator ) मा राख्नु पर्ने अबस्था आउँछ। ICU उपचार पछाडी बिरामीलाई वार्डमा सारेर मनोचिकित्सकबाट काउन्सिलिङ्ग (counselling )गरिन्छ।

ताकी बिरामीमा रहेको डिप्रेसन(depression) हटाउन र उसको बांकि जीवन आसाबादी बनाउन काउन्सिलिङ्गले महत्वोपुर्ण भुमिका खेलोस र उ पुन आत्माहत्या गर्ने अबस्थामा नपुगोस भनेर ध्यान दिइन्छ। नागरिक अस्पतालमा बीस सेवन गरेर आएका ९९ प्रतिशत बिरामी उपचार पस्चात सकुशल फर्कने गर्दछन। उनीहरूको परिवारमा हांँसो फर्कन्छ। यो दश बर्षको दौरानमा नागरिक अस्पतालले पाँच सयजना भन्दा बढी बिरामीको उपचार गरीसकेको छ | जस मध्य सबै जसो निको भएर आफ्नो नयाँ जीवन उपहार लिएर फर्केका छन। भक्तपुरका अलावा काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुली देखिका बिरामी आउने गर्द्छन। अधिकाङ्स युवाहरु र झन्डै ४० प्रतिशत महिलाहरु छन। नेपाल कृषि प्रदान देश भएकोले यहाँ जिबनाषक औषधि (pesticide) सजिलै र सहजै किन्न पाउने हुँदा सेवनकर्ताहरुलाई धेरै सजिलो भएको छ ।

तसर्थ सरकारले यस्ता pesticide सजिलोसँग खरिद बिक्रि गर्न रोक्नु पर्दछ। कृषि बिज्ञको सिफारिसमा मात्र किन्न पाउने नियमलाई कडाईका साथ लागू गर्नु पर्दछ। जीवन बाट निरास भएका ब्याक्तीहरुलाई परिवार, नाता गोता र साथिभाइ हरुले बिशेष रेख देख र काउन्सिलिङ्ग गर्नु पर्द्छ। प्रहरी, प्रसासन, सामाजिक संस्था र स्वास्थ संस्था हरुले जनचेतनामूलक कार्यक्रम संचालन गर्नु पर्दछ। यति गर्न सकियो भने मत्र पनि बिष सेवन गर्नेको संख्या घटनेछ । राम्रो भबिस्य भएका युवाहरुले अकालमा ज्यान गुमाउने छैनन ।

लेखिका नागरिक अस्पतालको मेडिकल कोअर्डिनेटर हुनहुन्छ

प्रतिकृया