• ४ साउन २०८३, सोमबार
  • ६:५१ बेलुका

रङ्गशाला निर्माणका लागि उद्योग वाणिज्य सङ्घ चितवनद्वारा ५५ लाख ५५ हजार ५५५ सहयोग

प्रकाशित मिति

२०७६ श्रावण ९ गते, बिहीबार ०१:२७

चितवन, गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि उद्योग वाणिज्य सङ्घ चितवन शाखाले रु ५५ लाख ५५ हजार ५५५ को चेक हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष सहनलाल प्रधानले धुर्मुश सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई आज सो मूल्य बराबरको चेक प्रदान गर्दै सहयोग रकम बढाएर रु एक करोड पु¥याउने जनाउनु भएको छ ।

सोही अवसरमा जिल्ला क्रिकेट एशोसिएशनका अध्यक्ष कैलाश प्रधानले पनि रु दुई लाख ५५ हजार ५५५ को चेक अध्यक्ष कट्टेललाई हस्तान्तरण गर्नुभएको थियो । यसैगरी रङ्गशालाका लागि आवश्यकपर्ने सम्पूर्ण सेनेटरीका सामान यहाँको थपलिया ब्रदर्श एण्ड सप्लायर्सले सहयोगस्वरूप उपलब्ध गराउने घोषणा गरेको छ । उक्त सप्लायर्सका सञ्चालक दिनेश थपलियाले सेनेटरी सामग्रीको क्याटलक कट्टेललाई हस्तान्तरण गर्नुभएको थियो ।

Kamana Sewa

सहयोग रकम बुझ्दै अध्यक्ष कट्टेलले जिल्लावासीबाट सहयोग जुट्नेक्रम बढ्दन थालेकाले आफू उत्साहित भएको बताए । भरतपुर महानगरपालिका वडा नं १५ मा सो रङ्गशाला निर्माण गर्न लागिएको हो ।

Classic Tech Desktop

प्रतिकृया