• ४ साउन २०८३, सोमबार
  • ७:३१ बेलुका

नक्कली लाइसेन्स बनाउने एक युवक पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण ९ गते, बिहीबार १२:२७

बारा, नक्कली लाइसेन्स बनाउने एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिमरा उपमहानगरपालिका–७ का ३१ वर्षीय दीपक अर्याल रहेका छन् । उनलाई नक्कली सवारी चालक अनुमतिपत्र बिक्रीमा संलग्नको आरोपमा प्रहरीले मंगलबार जितपुर बजारबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोही ठाउँका एक दर्जन स्थानीयलाई झुक्याएर अर्यालले सवारीचालक अनुमतिपत्र (स्मार्ट कार्ड) बिक्री गरेको खुलेको छ । अर्यालले हेभी चालक लाइसेन्सका लागि ५० हजार र हल्का सवारी साधनको लाइसेन्सका लागि रु.१० हजारका दरले रकम असुल्ने गरेको गुनासो पीडितले प्रहरीसमक्ष गरेका छन् । प्रहरीले उनको साथबाट नक्कली सवारी चालक अनुमतिपत्र ५ थान र सवारी चालक अनुमति पत्र लिन बुझाएको रसिद भरपाइसमेत बरामद गरेको छ ।

Kamana Sewa

प्रतिकृया