• १५ असोज २०८३, बिहीबार
  • ५ः२० बेलुका

बैंकिङ कसुर मुद्दामा सेफ सन्तोष साह पक्राउ

प्रकाशित मिति

२०८३ जेष्ठ ३० गते, शनिबार १०:०१

३० जेठ २०८३ काठमाडौं – चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन्। उनलाई शुक्रबार राति जनकपुरबाट पक्राउ गरिएको हो।

National Life

उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले साहलाई पक्राउ गरिएको पुष्टि गरेको छ। कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार साहलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो।

प्रहरीका अनुसार गैरीधारास्थित एक रेष्टुरेन्ट खरिदका क्रममा भएको आर्थिक कारोबारसँग सम्बन्धित उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो। साहले उक्त रेष्टुरेन्ट करिब १ करोड ३० लाख रुपैयाँमा खरिद गरे पनि बाँकी रकम भुक्तानी नगरेको आरोप लागेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त आरोपपछि सम्बन्धित पक्षले दिएको उजुरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। साहलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराइने तयारी गरिएको छ।

प्रतिकृया