• १५ असोज २०८३, बिहीबार
  • ५ः२० बेलुका

हर्क साम्पाङले रवि लामिछानेलाई लेखे यस्तो पत्र

प्रकाशित मिति

२०८३ जेष्ठ ३० गते, शनिबार ०९:११

३० जेठ २०८३ काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई खुला पत्र लेख्दै नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन्।

National Life

साम्पाङले शनिबार खुला पत्र जारी गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते संसद्मा दिएको अभिव्यक्तिप्रति रास्वपाको स्पष्ट धारणा आउनुपर्ने बताएका हुन्।

प्रधानमन्त्री शाहले संसद् बैठकमा ‘नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै साम्पाङले उक्त विषय राष्ट्रिय हित र सार्वभौमिकतासँग जोडिएको संवेदनशील मुद्दा भएकाले राजनीतिक दलहरूले आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

खुला पत्रमार्फत उनले रास्वपाले उक्त अभिव्यक्तिलाई समर्थन गर्छ वा असहमति जनाउँछ भन्ने विषयमा आधिकारिक रूपमा जनतालाई जानकारी गराउन आग्रह गरेका छन्।

प्रतिकृया