• ३ साउन २०८३, आइतबार
  • ४:५४ बिहान

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा घट्यो, अधिकांश सूचकमा गिरावट

प्रकाशित मिति

२०८३ बैशाख १५ गते, मंगलवार ११:२७

१५ बैशाख २०८३ काठमाडौं- स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा तथा अधिकांश वित्तीय सूचकमा गिरावट आएको जनाएको छ। सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा ४.२४ प्रतिशतले घटेर २ अर्ब ८ करोड १६ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष सोही अवधिमा नाफा २ अर्ब १७ करोड ३७ लाख रुपैयाँ थियो।

यसैगरी, खुद ब्याज आम्दानी १० प्रतिशतले घटेर २ अर्ब ९१ करोड ४७ लाख रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी ४.४७ प्रतिशतले घटेर ४ अर्ब ६४ करोड ६७ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा १०.५५ प्रतिशतले घटेर २ अर्ब ९७ करोड १४ लाख रुपैयाँमा सीमित भएको छ। प्रतिसेयर आम्दानी २१.६५ रुपैयाँबाट घटेर २०.७३ रुपैयाँमा झरेको छ भने वितरणयोग्य नाफा ७.९४ प्रतिशतले घटेर १ अर्ब ३५ करोड ४७ लाख रुपैयाँ कायम भएको छ।

Kamana Sewa

तर बैंकको खराब कर्जा १.८१ प्रतिशतमा नियन्त्रणमा रहेको छ। चुक्तापूँजी १० अर्ब ४ करोड रुपैयाँ र जगेडा कोषमा १० अर्ब ५५ करोड रुपैयाँ सञ्चित रहेको छ। यस अवधिमा बैंकले ६८ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गर्दै १ खर्ब ४५ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने कुल सम्पत्ति १ खर्ब ७५ अर्ब ४५ करोड रुपैयाँ नाघेको छ।

Classic Tech Desktop

प्रतिकृया