• ३ साउन २०८३, आइतबार
  • ९:१९ बिहान

काठमाडौं महानगरको ‘भीआइपी लिफ्ट’ अब सबैका लागि खुला

प्रकाशित मिति

२०८२ माघ २० गते, मंगलवार ०२:१३

२० माघ,२०८२ काठमाडौं –  काठमाडौं महानगरपालिकाको कमलादीस्थित कार्यालयमा रहेको ‘भीआइपी लिफ्ट’ अब सर्वसाधारणले पनि प्रयोग गर्न पाउने भएका छन्। कार्यवाहक मेयर सुनिता डंगोलको निर्देशनमा लिफ्टमा राखिएको पासवर्ड हटाइएको हो।

महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले गत माघ ६ गतेदेखि लिफ्ट सर्वसाधारणका लागि खुला गरिएको जानकारी दिए। यसअघि उक्त लिफ्ट मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको प्रयोगमा मात्र सीमित थियो।

Kamana Sewa

प्रतिकृया