• ४ साउन २०८३, सोमबार
  • ३:२० बिहान

व्यवस्थापन सङ्कायमा कक्षा ११संचालन : भीमेश्वर एकेडेमी

प्रकाशित मिति

२०७६ असार २० गते, शुक्रबार ०४:५५

काठमाडौँ । काठमाडौँ कागेश्वरीस्थित भीमेश्वर एकेडेमीले विगत १४ बर्ष देखि गुणस्तरीय शिक्षा प्रदान गर्दे आएको छ ।यस विद्यालयले सुरुका दिनमा नर्सरी देखि ५कक्षा सम्म पठनपाठन सञ्चालन गरेर हाल यही शैक्षिक शत्र २०७६ बाट व्यवस्थापन सङ्कायमा कक्षा ११ को पठनपाठन शुरु गर्ने भएको छ ।

होटल व्यवस्थापन, अर्थशास्त्र र कम्प्युटर विज्ञान विषय समावेश गरि कक्षा ११ सञ्चालनमा आउने जसले देशकै उत्कृष्ट विद्यालयको रुपमा पठनपाठन गराइ उत्कृष्ट नतिजा दिदै आएको विद्यालयका प्रिन्सिपल अमृत खड्काले जनकारी दिनु भयो ।

Kamana Sewa

यस विद्यालयमा अनुभवी एवं दक्ष शिक्षक कर्मचारी हुनुका साथै व्यवहारीक एवं सँस्कारयुक्त शिक्षामा जोड दिनुका साथै न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अतिरिक्त क्रियाकलापमा छात्र/छात्राको चाहाना अनुसार कक्षा सञ्चालन गर्ने, नृत्य,चित्रकला, सँगीत , कवड्डी , फुटबल जस्ता खेलमा विशेष दख्खल राखी विभिन्न सँघ सँस्थाले आयोजना गरेको प्रतियोगिताहरुमा प्रथम,दितीय तृतीय सहित विविध पुरस्कार जित्न सफल रहेको विद्यालयका प्रिन्सिपल खड्का जनकारी दिनु भयो ।

Classic Tech Desktop

यस विद्यालयको पूर्व प्रा.वि, प्रावि, तथा माध्यामिक कक्षा सञ्चालन गर्ने भवनहरु अलग अलग हुनुका साथै पूर्व प्रा.वि कक्षाहरु पूर्ण रुपमा मन्टेश्वरी विधिबाट सञ्चालन गरेको र यस विद्यालयबाट कवड्डी र नृत्य विधामा राष्ट्रिय रुपमा खेलाडी उत्पादन गरी अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा सामेल हुन सफल भएको  प्रिन्सिपल खड्ले जनकारी दिनु भयो । व्यवहारीक एवं सँस्कारयुक्त शिक्षामा जोड दिँदै २०६२ साल फाल्गुण २१ गते विधिवत दर्ता भइ सञ्चालन भई रहेको यस विद्यालयले २०६३ सालबाट ९० जना छात्र/छात्राबाट पठनपाठन शुरु गरिएको थियो ।

प्रतिकृया