• ४ साउन २०८३, सोमबार
  • १:२२ बिहान

भक्तपुरमा बजार अनुगमन गर्दा अधिकांश पसल दर्ता र नविकरण विहिन

प्रकाशित मिति

२०७६ असार २० गते, शुक्रबार ०५:३०

भक्तपुर, भक्तपुर नगरपालिकको सुकुलढोकामा बजार अनुगमन गरिएको छ । नगरपालिका अनुगमन समितिद्वारा उक्त क्षेत्रका १२ वटा पसलमा बजार अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा अधिकांश पसल दर्ता विहिन तथा दर्ता भएकाहरुको पनि नविकरण नभएको पाइएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनु भयो।

Kamana Sewa

अनुगमनका क्रममा सीतादेबी शाहको तयारी पोशाक पसलमा पटक पटक अनुगमन गर्दा पनि दर्ता नभएकोले ३७ वटा रुमाल नियन्त्रण लिएको वडा निरिक्षक प्रजापतिले बताउनु भयो ।

Classic Tech Desktop

राज्य लक्ष्मी कर्माचार्यको तयारी पोशाक, रोशन कवाँको तयारी पोशाक, सुचिता ध्वंजुको डिक्सवेयर, रोशन कवाँको मुनलाईट गेष्ट हाउस, मन्दिला ताम्रकारको भाँडा पसल, हरिनारायण ताम्राकारको भाँडा पसल दर्ता भएको छ भने रत्न केशर त्वानाबासुको जुत्ता पसल, रामलाल प्रधानको फेन्सी पसल, दिनेश गौतमको थ्रि स्टार सपिड्ड कलेक्सन, सुमन खर्बुजाको जुत्ता पसल र महमद असलम आलमको तयारी पोशाक दर्ता नभएको पाइएको छ ।

प्रतिकृया